२०८२ माघ ९ गते शुक्रवार
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
हिजो अहिलेसम्मकै सर्वाधिक महँगो बनेको अमेरिकी डलरको मूल्य आज घटेको छ। त्यसैगरी अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहितका विदेशी मुद्रा पनि सस्तिएका छन्।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८० पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८२ पैसा थियो।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८८ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा थियो।
हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij