२०८२ भाद्र १० गते मंगलवार
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ। त्यसैगरी पाउन्ड, दिनारसहितका विदेशी मुद्राहरुको पनि आज मूल्य बढेको छ। युरोको मूल्य भने आज घटेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८२ पैसा छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो।
यसअघि गएको मंसिर सात गते अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ५० पैसा पुगेको थियो। त्यसयता अमेरिकी डलरको मूल्य घटेको थियो।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij