Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आज डलर र दिनारको मूल्य घट्यो, कुन देशको मुद्राको विनिमयदर कति ?

आज डलर र दिनारको मूल्य घट्यो, कुन देशको मुद्राको विनिमयदर कति ?


  • 1.3K
    Shares

    • images
    आज डलर र दिनारको मूल्य घट्यो, कुन देशको मुद्राको विनिमयदर कति ?
    images

    नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, दिनारसहितका विदेशी मुद्राहरुको मूल्य घटेको छ। तर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ। 

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १७ पैसा छ। शनिबार, आइतबार र सोमबार स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा थियो।

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ७१ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४० रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ०८ पैसा थियो।  त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६९ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ९६ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ७२ पैसा थियो। 

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ५७ र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ६५ र बिक्रीदर ८८ रुपैयाँ ०४ पैसा थियो। 

    त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ १६ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८७ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८२ पैसा थियो। 

    त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ९८पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ५७ पैसा छ। हिजो  बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ २० पैसा थियो। 

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    Screenshot_2024-11-26_050901_ZwgE7gSwjo.png

    प्रकाशित मिति :मंसिर ११ २०८१ मंगलवार - ०५:४४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij