Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

डलर, पाउन्ड र दिनारको मूल्य घट्यो, शनिबारको विदेशी मुद्राको विनिमय दर हेर्नुस्

डलर, पाउन्ड र दिनारको मूल्य घट्यो, शनिबारको विदेशी मुद्राको विनिमय दर हेर्नुस्


  • 1.9K
    Shares

    • images
    डलर, पाउन्ड र दिनारको मूल्य घट्यो, शनिबारको विदेशी मुद्राको विनिमय दर हेर्नुस्
    images

    नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। 

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा छ। 

    हिजो अहिलेसम्मकै सबैभन्दा महँगो बनेको अमेरिकी डलरको मूल्य आज केही घटेको हो। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ५० पैसा थियो।   

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १४ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा थियो। 

    त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ६१ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३८ पैसा थियो।

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ६३ र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा थियो। 

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    22111.png

    प्रकाशित मिति :मंसिर ८ २०८१ शनिवार - ०६:५७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij