Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

अब ओमानी रियाल पनि खरिदबिक्री हुने, आज कुन बिदेशी मुद्राको भाउ कति ?

अब ओमानी रियाल पनि खरिदबिक्री हुने, आज कुन बिदेशी मुद्राको भाउ कति ?


  • 1.5K
    Shares

    • images
    अब ओमानी रियाल पनि खरिदबिक्री हुने, आज कुन बिदेशी मुद्राको भाउ कति ?
    images

    नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ। केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ।

    विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी उक्त मुद्रालाई नेपालमा कारोबारका लागि थप गरिएको छ।

    हाल नेपालभर विभिन्न २१ वटा विदेशी मुद्राको खरिद बिक्री हुँदै आएको छ। ओमानी रियालको खरिद बिक्री सुरु भएपछि वैदेशिक रोजगारीका लागि ओमान पुगेका नेपाली नागरिकका लागि थप सहज हुने बताइएको छ।

    नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ। त्यसैगरी अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहितका विदेशी मुद्राहरुको पनि आज मूल्य बढेको छ। युरोको मूल्य भने आज घटेको छ। 

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ५० पैसा छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो। 

    हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३७ पैसा थियो। 

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा छ। हिजो  युरो एकको खरिदर एक सय ४२ रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८पैसा थियो। त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३८ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ  ५४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३० पैसा थियो। 

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ६३पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा थियो। 

    Screenshot_2024-11-22_052630_y1kXxqr9ci.png

    प्रकाशित मिति :मंसिर ७ २०८१ शुक्रवार - ०७:००:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij