Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कोरोना संक्रमण : काठमाडौँ विश्वविद्यालयले शुरु गर्‍यो अनलाइन पढाइ

कोरोना संक्रमण : काठमाडौँ विश्वविद्यालयले शुरु गर्‍यो अनलाइन पढाइ


  • 7.8K
    Shares

    कोरोना संक्रमण : काठमाडौँ विश्वविद्यालयले शुरु गर्‍यो अनलाइन पढाइ

    काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँ विश्वविद्यालयले आजदेखि अनलाइन माध्यमबाट पढाउन शुरू गरेको छ ।

    बुधबार विश्वविद्यालयले एक सूचना जारी गर्दै आजबाट अनलाइनमार्फत पढाइ शुरू गरेको जनाएको छ । विश्वविद्यालयले स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमको पढाइ आगमी वैशाख मसान्तसम्म अनलाइनमार्फत् गर्ने निर्णय गरेको छ ।

    स्कूल अफ साइन्सका डिन प्रा.डा. कन्हैया झा र स्कूल अफ इन्जिनियरिङका डिन प्रा.डा. मनीष पोखरेलले संयुक्त रुपमा निकालेको सूचनामा चैत २६ गतेदेखि २०७८ वैशाख मसान्तसम्म अनलाइनमाध्यमबाट पढाइ हुने उल्लेख गरिएको छ ।

    अध्ययन अध्यापन अनलाइनमार्फत भएपनि प्रशासनिक काम भने कार्यालयबाटै सञ्चालन हुने विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - ११:३२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij