Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?

साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?


  • 2.3K
    Shares

    साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?

    काठमाडौं । साउदी अरेबियाले यो वर्ष एक सयभन्दा बढी विदेशी नागरिकलाई मृत्युदण्ड दिएको छ । समाचार एजेन्सी एएफपीको रिपोर्टमा यो दाबी गरिएको हो ।

    हालै लागूऔषध तस्करीको आरोपमा एक यमनी नागरिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । एएफपी रिपोर्टअनुसार यो वर्ष अहिलेसम्म साउदीले कुल १०१ विदेशी नागरिकलाई मृत्युदण्ड दिएको छ ।

    यो सन् २०२३ र २०२२ को तथ्यांकभन्दा तीन गुणा हो । सन् २०२२ र ०२३ मा ३४/३४ जनालाई मात्र मृत्युदण्ड दिइएको थियो । एएफपी रिपोर्टका अनुसार यस वर्ष मृत्युदण्डको सजाय सुनाइएका विदेशी नागरिकहरू छन् । जसमा पाकिस्तानका २१, यमनका २०, सिरियाका १४, नाइजेरियाका १०, इजिप्टका नौ, जोर्डनका आठ र इथियोपियाका सात जना छन् ।

    यसबाहेक सुडान, भारत र अफगानिस्तानका तीन–तीन जना र श्रीलंका, इरिट्रिया र फिलिपिन्सका एक–एक जना रहेका छन् ।

    मानव अधिकारवादी संगठनहरूले साउदीको मृत्युदण्ड सजायको आलोचना गर्दै आएका छन् । सेप्टेम्बरमा एम्नेस्टी इन्टरनेशनलले पनिमृत्युदण्डको सजाय बढेकोमा चिन्ता व्यक्त गरेको थियो ।

    प्रकाशित मिति :मंसिर ३ २०८१ सोमवार - १२:१३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij