Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपालभर थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि, ७४ संक्रमणमुक्त

नेपालभर थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि, ७४ संक्रमणमुक्त


  • 6.5K
    Shares

    नेपालभर थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि, ७४ संक्रमणमुक्त

    काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यसअवधिमा ४ हजार १ सय पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएको थियो । जसमध्ये पीसीआरबाट २९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

    नयाँ संक्रमितमध्ये धेरै काठमाडौँ उपत्यकाका रहेका छन् । पछिल्लो २४ घण्टामा भक्तपुरमा ५, ललितपुरमा २६, काठमाडौँमा १३२ गरी जम्मा १६३ जना संक्रमित थपिएका छन् ।

    देशभर २ हजार २०१ सक्रिय संक्रमित रहेका छन् । यसमध्ये संस्थागत आइसोलेसनमा ७६० र होम आइसोलेसनमा १ हजार ७४१ जना रहेका छन् ।

    ६५ क्वारेन्टिनमा रहेका छन् भने ६५ जना आइसीयू र १३ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - १६:४१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij