Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

फेरि बढ्यो अमेरिकी डलरको मूल्य

फेरि बढ्यो अमेरिकी डलरको मूल्य


  • 1.4K
    Shares

    • images
    फेरि बढ्यो अमेरिकी डलरको मूल्य
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ।

    आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राहरुको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित धेरैजसो मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा छ।

    हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा थियो।

    त्यसैगरी आजको युरो एकको खरिदर एक सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ २९ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ०३ पैसा थियो।

    त्यस्तै आजको लागि यूके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ३२ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ०९ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८६ पैसा थियो।

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०६ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०७ पैसा थियो।

    त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ५५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५० पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ३० पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ २५ पैसा थियो।

    त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ०९ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३२ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९१ पैसा थियो।

    221.png

    प्रकाशित मिति :कार्तिक २७ २०८१ मंगलवार - ०६:५८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij