Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

घट्यो अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य, कुन देशको मुद्राको भाउ कति ?

घट्यो अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य, कुन देशको मुद्राको भाउ कति ?


  • 3.7K
    Shares

    • images
    घट्यो अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य, कुन देशको मुद्राको भाउ कति ?
    images

    नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    आज अमेरिकी डलरको मूल्य यथावत छ। आइतबार जुन दरमा कारोबार भएको थियो, आज पनि अमेरिकी डलर सोही दरमा कारोबार हुने छ। तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य भने आज घटेको राष्ट्र बैंकले जनाएको छ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा छ। 

    शनिबार र आइताबर पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।  त्यसैगरी आजको युरो एकको खरिदर एक सय ४४ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ०३ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा थियो। 

    त्यस्तै आजको लागि यूके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ०९ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८६ पैसा छ। हिजो यूके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५४ पैसा थियो। 

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०७ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा थियो। 

    त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ३० पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ २५ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ३८ पैसा थियो। 

    बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३२ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९१ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३३ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९२ पैसा  थियो। 

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    Screenshot_2024-11-11_051054_KOO3Hevf6K.png

    प्रकाशित मिति :कार्तिक २६ २०८१ सोमवार - ०६:२२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij