Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बढ्यो अस्ट्रेलियन डलरको भाउ, कुन विदेशी मुद्राको कति छ विनिमय दर ?

बढ्यो अस्ट्रेलियन डलरको भाउ, कुन विदेशी मुद्राको कति छ विनिमय दर ?


  • 1.5K
    Shares

    • images
    बढ्यो अस्ट्रेलियन डलरको भाउ, कुन विदेशी मुद्राको कति छ विनिमय दर ?
    images

    नेपाल राष्ट्र बैंकले आज ९बुधबार० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार मंगलबारको तुलनामा आज अस्ट्र्लियन र क्यानेडियन डलरको भाउ बढेको छ।

    मंगलबार अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा कायम भएकामा आज एकको खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ।

    यस्तै हिजो क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा रहेकामा आज एकको खरिददर ९६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९७ रुपैयाँ १७ पैसा कायम गरिएको छ। आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ।

    युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ५२ पैसा कायम गरिएको छ। 

    राष्ट्र बैंकका अनुसार सिंगापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ०१ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ।

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ८२ पैसा र बिक्रीदर आठ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा कायम भएको छ। 

    बैंकका अनुसार थाइभाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७३ पैसा र बिक्रीदर नौ रुपैयाँ ७७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९ रुपैयाँ ७१ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ १८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ७७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ। 

    यो विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

    हेर्नुहोस् सूची-

    bini_Ub3WLc8S0F.png

    प्रकाशित मिति :कार्तिक २१ २०८१ बुधवार - ०६:४७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij