२०८२ भाद्र १० गते मंगलवार
नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य यथावत छ। अस्ट्रेलियन डलर, कुबेती दिनार, युरो, पाउन्डसहितका धेरैजसो मुद्राको मूल्य भने घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा छ। विगत चार दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।
त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४२ पैसा कायम भएको छ। आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ। त्यसैगरी आज कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६० पैसा कायम भएको छ। आज बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०२ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६२ पैसा कायम भएको छ।
हेर्नुहोस् सबै विदेशी मुद्राको सूची
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij