२०८२ माघ ७ गते बुधवार
युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले बिक्रीमा ल्याएको आईपीओ आज आइतबार बाँडफाँड भएको छ।
आइपीओमा आवेदन गर्ने ८१ हजार २७३ हजर आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले आइपीओ हात पारेका छन् भने बाँकी रहेको ६ कित्ता शेयर २० देखि १० हजार कित्ता आवेदन गर्ने ६ जना आवेदकलाइ गोलाप्रथाबाट १ कित्ता थप गरी ११ कित्ता शेयर बाँडफाँड गरिएको छ । बाँकी ४ लाख ५९ हजार १२९ जना आवेदकको हात खाली भएको छ ।
आईपिओमा ५ लाख ४० हजार ४०२ योग्य आवेदकले ९४ लाख ८३ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका थिए । यो सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओको ११.६९ गुणा धेरै हो । आइपीओ आवेदन दिने ८६१ जनाको आवेदन रद्द भएको छ ।
कम्पनीले बिक्रीमा ल्याएको मध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij