Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

पहिलो त्रैमाससम्म अपि पावरले कमायो १८ करोडभन्दा बढी नाफा, अन्य सूचक कस्तो ? 

पहिलो त्रैमाससम्म अपि पावरले कमायो १८ करोडभन्दा बढी नाफा, अन्य सूचक कस्तो ? 


  • 1.5K
    Shares

    • images
    पहिलो त्रैमाससम्म अपि पावरले कमायो १८ करोडभन्दा बढी नाफा, अन्य सूचक कस्तो ? 
    images

    काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म अपि पावर कम्पनी लिमिटेडले १८ करोड १७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

    गत वर्षको यस अवधिसम्म ४० लाख ४९ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष भने खुद नाफा गर्न सफल भएको हो ।

    कम्पनीको वित्तीय खर्च गत वर्ष १५ करोड ६५ लाख रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष १८ करोड ६८ लाख रुपैयाँभन्दा बढी भएको छ ।

    हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ छ । अदर इक्वीटी गत वर्ष १३ करोड ८८ लाख रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ७३ करोड २२ लाख रुपैयाँभन्दा बढी छ ।

    यस वर्ष सञ्चालन नाफा १५८ प्रतिशत बढेपछि कम्पनी नाफामा गएको हो । गत वर्ष १५ करोड २६ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ३९ करोड ४४ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको छ ।

    कुल सम्पत्ति १४ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको कुल दायित्व ७ अर्ब ८४ कराड रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ११२ रुपैयाँ ६५ पैसा छ ।

    प्रकाशित मिति :कार्तिक १५ २०८१ बिहिवार - ०९:०६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij