२०८२ माघ १० गते शनिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद चन्दा कार्की भण्डारीले आफूहरूले न्यायपालिकाको काम–कारबाही प्रभावित गर्न नखोजेको स्पष्ट पारेकी छन् । आफ्नो पार्टी सभापति रवि लामिछानेलाई थुनामा राख्दा स्वस्फूर्त जमातले चिन्ता व्यक्त गरेको उनले बताइन् ।
“रास्वपाले न्यायपालिका प्रभावित गर्न खोजेको होइन,” प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले भनिन्, “देशको चौथो ठूलो पार्टी, जनताले पत्याएको सभापति थुन्दा स्वस्फूर्त जमातले चिन्ता गर्नु स्वाभाविक हो ।”
लामिछानेलाई थुनाबाहिर राखेर पनि अनुसन्धान गर्न सकिने विषयमा सोच्न उनले बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकलाई आग्रह गरिन् ।
लामिछानेका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलाको बोली र हालको काम–कारबाही मिल्दो नभएको पनि उनले बताइन् । “प्रधानमन्त्रीज्यू, पहिले निर्दोष हुनुहुन्छ भन्नुभएको थियो । अहिले सामञ्जस्य भएन कि १ न्यायसंगत होस्,” उनले भनिन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij