Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

अमेरिकी डलरको मूल्य बढ्यो, हेर्नुहोस् सबै विदेशी मुद्राको सूची 

अमेरिकी डलरको मूल्य बढ्यो, हेर्नुहोस् सबै विदेशी मुद्राको सूची 


  • 1.7K
    Shares

    • images
    अमेरिकी डलरको मूल्य बढ्यो, हेर्नुहोस् सबै विदेशी मुद्राको सूची 
    images

    नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

    आज अमेरिकी डलर, कुबेती दिनार, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्रा भने सस्तिएका छन्।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा छ। 

    हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा थियो। 

    त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५५ पैसा थियो। 

    आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ९१ पैसा 

    आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७३ पैसा थियो।

    त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ २१ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा थियो। 

    आज बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०५ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६४ पैसा कायम भएको छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा थियो। 

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची 

    Screenshot_2024-10-26_053027_f4AqSwqNRu.png

    प्रकाशित मिति :कार्तिक १० २०८१ शनिवार - ०५:५४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij