२०८२ माघ १० गते शनिवार
काठमाडौंं । राजेन्द्र महतोले दल दर्ताका लागि निवेदन दिएका छन् । शुक्रबार निर्वाचन आयोगमा राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि निवेदन दिएका हुन् ।
पार्टीको अध्यक्षमा महतो रहेका छन् । १७३ सदस्यीय केन्द्रीय समिति रहने गरी निवदेन दिइएको नेता केशव झाले जानकारी दिए ।
“निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छौँ । अध्यक्षसहित १७३ जना केन्द्रीय समितिमा रहनेगरी निवेदन पेस गरेका हौँ, भने । उनका अनुसार चुनाव चिह्न माछा माग गरिएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी छाडेर महतोले राष्ट्रिय मुक्ति क्रान्ति, नेपालको घोषणा गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij