Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भारतमा कोरोना : पछिल्लो २४ घण्टामा एक लाखभन्दा बढीमा संक्रमण, ६३० को मृत्यु

भारतमा कोरोना : पछिल्लो २४ घण्टामा एक लाखभन्दा बढीमा संक्रमण, ६३० को मृत्यु


  • 8.1K
    Shares

    भारतमा कोरोना : पछिल्लो २४ घण्टामा एक लाखभन्दा बढीमा संक्रमण, ६३० को मृत्यु

    भारतमा पछिल्लो २४ घण्टामा एक लाखभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

    एएनआइले उल्लेख गरे अनुसार एकैदिन १ लाख १५ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड २८ लाख १ हजार ७८५ पुगेको छ ।

    यस्तै, संक्रमणका कारण थप  ६३० जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कोभिड १९ संक्रमणका कारण १ लाख ६६ हजार १७७ जनाको मृत्यु भइसकेको छ ।

    करिब एक महिनायता भारतमा संक्रमणको गति बढ्दै गइरहेको छ । त्यसैले विभिन्न राज्यहरुले लकडाउन, कर्फ्यू लगायतका प्रतिबन्धहरु लगाउन सुरु गरिरहेका छन् । बुधवार बिहानसम्म भारतमा ८ लाख ४३ हजार ४७३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

    भारतमा संक्रमणको दर बढ्दै जाँदा भ्याक्सिन लगाउने कार्य पनि बढेको छ । भारतमा ८ करोड ७० लाख ७७ हजार ४७४ जनाले भ्याक्सिन लगाइसकेका छन् ।

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - १०:३४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij