२०८२ माघ १० गते शनिवार
काठमाडौं । नेकपा माओवादी केन्द्रले रवि लामिछानेमात्रै नभइ सहकारी ठगी प्रकरणमा जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेललाई पनि कारबाही गर्नुपर्ने बताएको छ ।
नेकपा माओवादी केन्द्रले आज गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष अग्नि सापकोटाले सहकारी ठगी प्रक्रियामा राज्यले पक्षपाती व्यवहार गर्न नहुने बताएका हुन् ।
‘नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, त्यसैगरी नेकपा एमालेका ऋषिकेष पोखरेललगायतका लाई प्रमाण हुँदाहुँदै पनि खुला रुपमा संरक्षण गरिएको छ,’, उनले भने ।
सापकोटाले आफूहरु सहकारी पीडितकै पक्षमा रहेको र उनीहरुको फसेको रकम फिर्ता हुनुपर्ने भन्नेमै रहेको सुनाए । उनले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मात्रै पक्षमा नरहेको बताउँदै भने, ‘अदालती प्रक्रियामा गइसकेको छ ।
जवाफमा सापकोटाले भने, ‘यो विषय अदालति प्रक्रियामा गएको छ । उहाँहरूले नारा लगाउनुभएको छ । हामी दोहोरो मापदण्ड अपनाउनु हुँदैन भनिरहेका छौं । पक्षपात गर्नु हुँदैन भनेका छौं । हाम्रो दृष्टिकोण यही हो ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij