Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपालीलाई कोरिया जान खुकुलो बनाइयो

नेपालीलाई कोरिया जान खुकुलो बनाइयो


  • 12.5K
    Shares

    नेपालीलाई कोरिया जान खुकुलो बनाइयो

    काठमाडौँ। दक्षिण कोरिया सरकारले नेपालीका लागि केही खुुुकुुलो गरेसँगै नेपाली विद्यार्थी जान पाउने भएका छन् । दक्षिण कोरियाले नेपाललाई कोरोना सङ्क्रमणको अति संवेदनशील मुलुुकको सूचीबाट हटाएर संवेदनशील मुलुुकको सूचीमा राखेसँगै नेपाली विद्यार्थी जान पाउने भएका हुुन् ।

    वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक इन्द्रप्रसाद गौतमले नेपाललाई कोरोना सङ्क्रमणको अवस्थालाई अति संवेदनशील (रेडजोन)बाट हटाएर संवेदनशील (एलोजोन)को सूचीमा राख्नुु ‘ग्रिन सिग्लन’ भएकाले खुकुलो बनाएको बताए ।

    दक्षिण कोरियाको पछिल्लो सङ्केतले विद्यार्थी जान पाउने भएका छन् । उनीहरूको अवस्था हेरेर ईपीएसमार्फत जाने तयारीमा रहेका युवाको बाटो खुल्ने उनले बताए ।

    दक्षिण कोरिया जानका लागि श्रम सम्झौता आइसकेका १२ हजार बढी छन् । दक्षिण कोरियाले कोरोना सङ्क्रमणको अवस्थामा नेपाललाई ‘ग्रिनजोन’ मा राखेपछि सन् २०१७, २०१८ र २०१९ मा भाषा परीक्षा उत्तीर्ण गरेर श्रम सम्झौतामा आई रोस्टरमा परेका ती सबै युुवा दक्षिण कोरिया जान पाउने उनको भनाइ छ । आजको गोरखापत्रमा खबर छ ।

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - ०७:३७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij