Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नबिल बैंकले कमायो २ अर्ब ५ करोड बढी नाफा, अन्य सूचक कस्तो ?

नबिल बैंकले कमायो २ अर्ब ५ करोड बढी नाफा, अन्य सूचक कस्तो ?


  • 1.6K
    Shares

    • images
    नबिल बैंकले कमायो २ अर्ब ५ करोड बढी नाफा, अन्य सूचक कस्तो ?
    images

    काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा नबिल बैंकले २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ ।

    जुन गत आवको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    असोव मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ०.८१ प्रतिशतले घटेर ४ अर्ब १४ करोड २ लाख ८५ हजार रुपैयाँ छ ।सञ्चालन नाफा ३६.०९ प्रतिशतले बढेर २ अर्ब ८९ करोड ३४ लाख ५९ हजार रुपैयाँ छ ।

    बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ११ करोड १६ लाख ६७ हजार रुपैयाँबाट घटेर ४५ करोड ७७ लाख २७ हजार रुपैयाँ रहेको छ । जसले गर्दा नाफा बढाउन सहयोग गरेको छ ।२७ अर्ब ५ करोड ६९ लाख ९७ हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३० अर्ब ५ करोड २६ लाख १३ हजार रुपैयाँ छ।

    बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२९.४८ रुपैयाँ छ ।बैंकको खराब कर्जा १.५८ प्रतिशतबाट घटेर १.४२ प्रतिशत छ ।

    प्रकाशित मिति :कार्तिक ७ २०८१ बुधवार - ११:४६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij