Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

नेसपाको केन्द्रीय समिति १५१ जना, पदाधिकारी १७ सदस्यीय रहने

नेसपाको केन्द्रीय समिति १५१ जना, पदाधिकारी १७ सदस्यीय रहने


  • 1.6K
    Shares

    नेसपाको केन्द्रीय समिति १५१ जना, पदाधिकारी १७ सदस्यीय रहने

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति अधिकतम १५१ सदस्यीय हुने प्रस्ताव गरिएको छ । आज (सोमबार)देखि पोखरामा सुरु हुने प्रथम विधान अधिवेशनमा पेस हुने मस्यौदामा केन्द्रीय समिति १५१ सदस्यीय राख्ने प्रस्ताव गरिएको हो ।

    प्रस्तावित विधानमा १७ सदस्यीय पदाधिकारी रहने उल्लेख छ । जसमा एक जना अध्यक्ष, उपाध्यक्ष पाँच जना, महासचिव एक, उपमहासचिव दुइ, सचिव सात र एक जना कोषाध्यक्ष रहनेछन् । नेसपाको सङ्गठनात्मक स्वरूप र संरचनामा पार्टीको सर्वोच्च निकाय राष्ट्रिय महाधिवेशन रहनेछ ।

    त्यसपछि सङ्घीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय विज्ञ परिषद्, केन्द्रीय अनुशासन तथा सदाचार आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा आयोग र विभागहरू हुने व्यवस्था गरिएको छ ।

    प्रकाशित मिति :कार्तिक ५ २०८१ सोमवार - १२:०३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij