Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

यी ५ बैंकले ६० दिनमै कमाए अर्ब बढी नाफा, यस्तो छ अन्य बैंकहरुको अवस्था

यी ५ बैंकले ६० दिनमै कमाए अर्ब बढी नाफा, यस्तो छ अन्य बैंकहरुको अवस्था


  • 3.6K
    Shares

    यी ५ बैंकले ६० दिनमै कमाए अर्ब बढी नाफा, यस्तो छ अन्य बैंकहरुको अवस्था

    चालू आर्थिक वर्षको दुई महिनामा पाँच वाणिज्य बैंकहरु नाफाका आधारमा अर्बमाथि उक्लिएका छन्। भदौ महिनासम्म २० वाणिज्य बैंकहरुले १७ अर्ब ६९ करोड नाफा कमाउँदा ५ वाणिज्य बैंकले मात्रै अर्बमाथिको नाफा गरेका हुन्। 

    नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र कुमारी बैंक छन्। यी पाँचवटै बैंकको नाफा दुई महिनामै अर्बमा उक्लिएको छ। 

    गत साउनमा ८९ करोड रुपैयाँसहित नाफा कमाउनेमा पहिलो नम्बरमा आएको ग्लोबल आईएमई बैंक भदौ महिनामा भने १ अर्ब ५६ करोड रुपैयाँसहित दोस्रो नम्बरमा झरेको छ। पहिलोमा नबिल बैंक उक्लिएको हो।

    साउनमा ८० करोड नाफा कमाएर दोस्रोमा रहेको नबिल बैंकले भदौमा ग्लोबल आईएमईलाई जित्दै १ अर्ब ६६ करोड नाफासहित धेरै नाफा कमाउनेको पहिलो नम्बरमा आएको हो।

    यस्तै नाफा धेरै कमाउनेको तेस्रो नम्बरमा १ अर्ब ४१ करोड रुपैयाँसहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक आउँदा चौथो नम्बरमा १ अर्ब १६ करोड  नाफासहित हिमालयन बैंक आएको छ। कुमारी बैंक भने १ अर्ब ८ करोड रुपैयाँसहित सर्वाधिक नाफा कमाउने बैंकहरुको पाँचौँ स्थानमा छ। 

    यीबाहेक अन्य दुई बैंकहरु पनि अर्बमा उक्लिने होडमा देखिएका छन्। प्राइम बैंक र प्रभु बैंक थोरै रकमसहित अर्ब नाफा गर्ने क्लबमा उक्लिन सकेनन्। यी बैंकहरुले भदौ महिनामा क्रमशः ९७ करोड र ९१ करोड रुपैयाँ नाफा कमाएका हुन्। गत साउनमा यी दुवै बैंकले क्रमशः ५० करोड र ५३ करोड रुपैयाँको नाफा गरेका थिए। 

    यीबाहेकका बैंकहरुले पनि भदौ महिनाको नाफामा उल्लेख्य सुधार गरेका छन्। जसमा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले ८८ करोड रुपैयाँको नाफा कमाउँदा लक्ष्मी सनराइज बैंकले ८६ करोड र एभरेष्ट बैंकले ८२ करोड नाफा कमाएका छन्। 

    यस्तै भदौ महिनामा एनएमबी बैंकले ७८ करोड नाफा कमाउँदा सानिमा बैंकले भने ६८ करोड, नेपाल बैंकले ६७ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंकले ६० करोड, सिटिजन्स बैंकले ५८ करोड र नेपाल एसबीआई बैंकले ५३ करोड रुपैयाँ नाफा कमाएका हुन्। 

    प्रकाशित मिति :कार्तिक ४ २०८१ आइतवार - १४:४८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij