२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार९७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १२ हजार ५९० पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij