Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

अमेरिकी डलर, युरो र दिनार दिनार सस्तियो, कुन देशको मुद्राको भाउ कति?

अमेरिकी डलर, युरो र दिनार दिनार सस्तियो, कुन देशको मुद्राको भाउ कति?


  • 1.7K
    Shares

    • images
    अमेरिकी डलर, युरो र दिनार दिनार सस्तियो, कुन देशको मुद्राको भाउ कति?
    images

    नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अस्ट्रेलियन डलर, पाउन्डसहित केही मुद्रा भने महँगिएका छन्। 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा छ। 

    हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा थियो। 

    त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ १९ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५० पैसा थियो। 

    आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ४५ पैसा थियो। 

    आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९३ र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा थियो। 

    Screenshot_2024-10-19_051545_yC8jGh5fnC.png

    प्रकाशित मिति :कार्तिक ३ २०८१ शनिवार - ०६:००:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij