२०८२ माघ १० गते शनिवार
काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिने तयारी गरेको छ।
केही समय अघि नै संसदीय छानबिन समितिको प्रतिवेदनले गोरखा मिडिया नेटवर्कका सञ्चालकहरू सहकारीको रकम दुरुपयोगमा संलग्न रहेको ठहर गरेको थियो ।
गोरखा मिडियाका चारजना सञ्चालकमध्ये छवि जोशी दसैँअघि नै पक्राउ परेर अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। अब लामिछानेलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकार तयार रहेको र उनलाई जुनसुकै बेला पक्राउ गर्न सकिने स्रोतले बताएको छ।
उनलाई अनुसन्धानको दायरामा ल्याएर संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ भन्ने आवाज सरकारमा रहेको दलभित्र निरन्तर उठिरहेको छ।
गोरखा मिडिया नेटवर्कमा सहकारीबाट गैरकानुनी रुपमा ६५ करोडभन्दा बढी ल्याएर अपचलन गरिएको छानबिन समितिको निष्कर्ष छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij