२०८२ माघ १० गते शनिवार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले साना दलहरूलाई विभाजन गर्नका लागि अध्यादेश ल्याउन लागेको आशंका व्यक्त गरेका छन्।
आज संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिपक्षी दलहरूको बैठकमा दुई दलीय ध्रुवमा जाने नेकपा (एमाले) को रणनीतिअन्तर्गत दल विभाजन गर्ने अध्यादेशको तयारी भइरहेकाले चनाखो हुनुपर्ने अध्यक्ष नेपालले बताए ।
यता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पनि एकीकृत समाजवादी, माओवादी केन्द्र र रास्वपालाई विभाजन गर्ने गरी अध्यादेश ल्याउन लागिएको खबर आफूले पनि पाएको बताइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij