Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

सरकारलाई दबाबमा राख्न तीन सदस्यीय कार्यदल गठन

सरकारलाई दबाबमा राख्न तीन सदस्यीय कार्यदल गठन


  • 2.3K
    Shares

    सरकारलाई दबाबमा राख्न तीन सदस्यीय कार्यदल गठन

    काठमाडौं । विपक्षी दलहरू तीन सदस्यीय कार्यदलले संयन्त्र गठन गरेको छ।

    प्रमुख प्रतिपक्षी दलका अध्यक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज राखेको विपक्षी दलको बैठकले तीन दल सदस्यीय कार्यदल बनाएको हो।

    कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य रहेका छन् ।

    कार्यदलले सबै प्रमुख प्रतिपक्षी दलहरूले प्रधानमन्त्री, सभामुख र राष्ट्रपतिलाई ध्यानाकर्षण बुझाउनको लागि तयार गर्ने कार्यदल सदस्य खनालले बताए।

    उनले भने, ‘५ गते हामीले ध्यानाकर्षणपत्र बुझाउँछौँ पहिलो काम कार्यदलले त्यहाँबाट सुरु गर्छ। त्यसपछि प्रतिपक्षी दलहरुबीच हुने समन्वयको काम निरन्तर गरिराख्छ।’

    आफूहरूले उठाएका विषयमा सरकार गम्भीर नभए प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वानका लागि अगाडि बढ्ने बैठकमा सहमति भएको छ।

     

    प्रकाशित मिति :कार्तिक २ २०८१ शुक्रवार - १२:५५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij