Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

ओलीले साना दल फुटाउन खोजे गम्भीर प्रतिकार गर्ने विपक्षीको निर्णय

ओलीले साना दल फुटाउन खोजे गम्भीर प्रतिकार गर्ने विपक्षीको निर्णय


  • 1.8K
    Shares

    ओलीले साना दल फुटाउन खोजे गम्भीर प्रतिकार गर्ने विपक्षीको निर्णय

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले साना दल फुटाउन खोजेको भन्दै विपक्षी दलले त्यसको प्रतिकार गर्ने जनाएको छ । 

    ओलीले साना दललाई फुटाएर आफू शक्तिशाली बन्न अध्यादेश ल्याउन लागेको हल्ला सुनेपछि विपक्षीले यसको सामूहिक प्रतिकार गर्ने  निर्णय गरेका हुन्  ।

    विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बिहीबार विपक्षी दलहरूको बैठक बोलाएका थिए । बैठकमा सरकारमै रहेको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्त ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि साना दल फुटाउने हल्लाबारे बोलेका थिए । उनीहरूले पनि यसमा विपक्षी दललाई साथ दिने बताए । यता  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विपक्षी दलहरूले साना दलहरू फुटाउन सरकारले अध्यादेश ल्याउन सक्ने आशंका गरेको बताए । उनले भने यस्तो अवस्था आएमा सबै विपक्षी दल एक ठाउँमा उभिने निर्णय गरेका छौं । 

    यता प्रधानमन्त्री ओलीले दल फुटाउने व्यवस्थासहितको अध्यादेश ल्याउने हल्ला सुनेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ओलीलाई साना दल फुटाउन लागेको कदमबारे आफूले साथ नदिने बताइसकेको बैठकमा चर्चा भएको थियो । 

     

     

    प्रकाशित मिति :कार्तिक २ २०८१ शुक्रवार - १२:३०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij