२०८२ भाद्र १० गते मंगलवार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा बन्द भएको छ । दसैं बिदापछि गत मंगलबारदेखि खुलेकाे सेयर बजार लगातार बढिरहेको छ ।
आज ८९ कम्पनीको सेयर मूल्य बढ्यो भने १४२ कम्पनीको मूल्य घट्यो । कुल १३ कम्पनीको मूल्य स्थिर रह्यो । कुल १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता सेयर किनबेच भए । आज ८० हजार ५ सय ९५ पटकको सेयर किनबेचबाट ७ अर्ब १९ करोड २७ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।
कुल १३ उपसमूहमध्ये ७ उपसमुह बढे भने अन्य उपसमूहहरु घटे । घट्ने उपसमूहहरुमा होटल तथा पर्यटन, ट्रेडिङ, जिवन बिमा, विकास बैंक रहे । बढ्ने उपसमूहहरुमा उत्पादन तथा प्रशोधन, फाइनान्स, बैंकिङ रहे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij