२०८२ भाद्र १० गते मंगलवार
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ।
आज पनि अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलर, दिनारसहित धेरै जसो विदेशी मुद्राहरुको मूल्य घटेको छ। तर, पाउन्ड स्ट्रलिङको मूल्य भने बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७० पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७७ पैसा थियो।
त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४६ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ७० पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४६ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८९ पैसा थियो।
आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ २९ पैसा थियो।
हेर्नुहोस् सबै विदेशी मुद्राको सूची
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij