२०८२ माघ १० गते शनिवार
काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई साम्पाङले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएसँगै उपमेयर अइन्द्रविक्रम बेघाले असन्तुष्ट व्यक्त गरेकी छिन् ।
उपमेयर बेघाले मंगलबार साँझ पत्रकार सम्मेलन गरेर मेयर साम्पाङविरुद्ध कानूनी उपचार खोज्ने समेत बताएका छन् ।
साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई गत सोमबार देखि नै लागू हुने गरी कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् । धरानको उपप्रमुखमा माओवादी केन्द्रबाट निर्वाचित अइन्द्रविक्रम बेघा छन् । उनीसँग सम्बन्ध बिग्रिएपछि मेयर साम्पाङले वडा अध्यक्षलाई जिम्मेवारी दिएका हुन् ।
आफू असोज २८ गते बेलायत जाने भएकोले फर्केर नआउँदासम्मका लागि भन्दै मेयर साम्पाङले वडाध्यक्ष फागुलाई कार्यवाहकको जिम्मेवारी तोकेपछि अहिले त्यहाँ विवाद सिर्जना भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij