Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

अस्ट्रेलियन डलरको मूल्य बढ्यो, अन्य विदेशी मुद्राको भाउ कति?

अस्ट्रेलियन डलरको मूल्य बढ्यो, अन्य विदेशी मुद्राको भाउ कति?


  • 3.4K
    Shares

    • images
    अस्ट्रेलियन डलरको मूल्य बढ्यो, अन्य विदेशी मुद्राको भाउ कति?
    images

    नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

    आज पनि अमेरिकी डलरको मूल्य घटबढ भएको छैन। हिजो र अस्ती जुन मूल्यमा कारोबार भएको थियो, आज पनि अमेरिकी डलर सोही मूल्यमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ। 

    तर, युरो, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहित धेरै जसो विदेशी मुद्राहरुको विनियमदर भने बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा छ। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।

    त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १४ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ४४ पैसा थियो। आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ १५ पैसा थियो। 

    आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १२ र बिक्रीदर ९० रुपैयाँ ५२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५९ र बिक्रीदर ९१ रुपैयाँ थियो। 

    त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ४५ पैसा कायम भएको छ। कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ७८ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ७४ पैसा थियो।

    आज बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५६ पैसा कायम भएको छ। हिजो पनि बहराइन दिनारको कारोबार यही मूल्यमा भएको थियो। 

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची 

    Screenshot_2024-10-15_051031_4MPtcpMtMu.png

    प्रकाशित मिति :आश्विन २९ २०८१ मंगलवार - ०५:५७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij