२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।
गत असोज ११ र १२ गते आएको बाढीपहिरो र डुबानबाट प्रभावितहरूलाई राहतका लागि उतm कोषमा सहयोग गरेको हो । मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखि नै सहयोग गर्दै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij