Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कुमारी बैंकको ‘दशैं दक्षिणा’ अफर

कुमारी बैंकको ‘दशैं दक्षिणा’ अफर


  • 2.1K
    Shares

    • images
    कुमारी बैंकको ‘दशैं दक्षिणा’ अफर
    images

    काठमाडौं । कुमारी बैंकले दशैंको अवसर पारेर ‘दशैं दक्षिणा’ अफर सार्वजनिक गरेको छ ।

    दशमीको दिन मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्ने १ हजार जना सेवाग्राहीलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत ९अधिकतम ५० रुपैयाँ० दक्षिणा बैंकले प्रदान गर्नेछ ।

    एकादशीदेखि कोजाग्रत पूर्णिमासम्मको ४ दिन कुमारी बैंकका सेवाग्राहीले डेबिट–क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता र ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५ सय १ रुपैयाँ बराबरको दशैं दक्षिणा प्राप्त गर्न सक्नेछन् ।

    लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि बेलुका ११ः५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ ।

    बैंकले घटस्थापनादेखि महानवमीसम्म दशैँ उत्सव क्यासब्याक योजना पनि सञ्चालन गरिरहेको छ ।

    प्रकाशित मिति :आश्विन २१ २०८१ सोमवार - १२:४२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij