२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन सत्तारूढ कांग्रेस–एमालेले माग गरेका छन् । पीडितलाई राहत, पुनःस्थापना र बेपत्ताको खोजी गर्न माग गर्दै यी दुई दलले माग गरेका हुन् ।
आइतबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर कांग्रेस कोशी प्रदेशका सभापति तथा संसदीय दलका नेता उद्धव थापा नेतृत्वको टोलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई संयुक्त ज्ञापनपत्र बुझाएको हो ।
दुवै पार्टीले ज्ञापनपत्रमा बाढीबाट ज्यान गुमाउने नागरिकका आश्रित परिवारलाई राहत, भौतिक संरचनाको पुनःनिर्माण र घाइतेको निःशुल्क उपचारको व्यवस्था जस्ता माग गरेका छन् ।
प्रतिपक्षी माओवादी लगायतका अन्य दललेले भने हालसम्म सरकारलाई ध्यानाकर्षण गराएका छैनन् ।
यही असोज ११–१२ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर कोशी प्रदेशमा २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने ७ जना अझै बेपत्ता छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij