२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । ‘नेपाल सिङगिङ बाउल संघ’को प्रथम वार्षिक साधारणसभा सम्पन भएको छ । हिजो (बिहीबार) ठमेलस्थित मित्र क्याफेमा संघको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
वाल वर्माचार्य ‘मञ्जु घोस’ को प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नरेन्द्र लामाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसअन्तर्रगत उपाध्यक्षमा हरिबहादुर कार्की, सचिवमा बालकृष्ण सुवेदी र कोषाध्यक्षमा अर्थमान लामा चयन भएका छन् । यसैगरी सदस्यहरूमा सुजन पौडेंल, अरूण लामा, बबिन्द्रसिंह तामाङ, विजय तामाङ र बिबेन्द्र तामाङ रहेका छन् ।
कार्यक्रममा नवनियुक्त अध्यक्ष नरेन्द्र लामाले नेपालमा उत्पादित ‘सिङगिङ बाउल’लाई विश्व बजारमा निर्यात गरि देशको अर्थतन्त्रलाई टेवा पुर्याउने लक्ष्य रहेको बताए । उनले आफ्नै देशमा ‘सिङगिङ बाउल’ प्रर्याप्त उत्पादन गर्नसके धेरै युवाहरूलाई रोजगार मिल्ने समेत बताए । ‘सिङगिङ बाउल’ उत्पादन गर्न कच्चा पदार्थ भारतबाट आयत गर्नुपर्ने भएकोले भन्सारमा धेरै कर तिर्नुपर्छ । लामाले भने, ‘जसका कारण उत्पादन कम, मूल्य धेरै हुन्छ र बजारमा प्रतिस्पर्धा गर्न सहज हुँदैन ।’
यो क्षेत्रमा आफू ३० वर्षदेखि लागेको बताउँदै अध्यक्ष लामाले ‘सिङगिङ बाउल’ उत्पादनका लागि सरकारले सहज वातावरण बनाइ दिए अझैँ अगाडि बढ्ने विश्वास व्यक्त गरे । उत्पादनको लागि कच्चा पदार्थमा भन्सार कर सहुलियत, सहज र सरल बैकिङलगायत लगानीमा सरकारले सहजीकरण गरे नेपालको उत्पादन विश्व बजारमा पुग्ने लामाको भनाइ छ ।
नेपालमा ‘सिङगिङ बाउल’ उत्पादन गर्न निकै कठिन भएको बताउँदै संघका उपाध्यक्ष हरिबहादुर कार्कीले ‘सिङगिङ बाउल’ बनाउनकै लागि भारतको ब्याङ्लोरबाट कालिगढ ल्याउनुपर्ने बताए । उनले ‘सिङगिङ बाउल’ विश्वको ३० भन्दा घेरै बौद्ध धर्मालम्बी भएका देशहरूमा निर्यात गरिएको समेत बताए । ‘सिङगिङ बाउल’ ह्यामरिङ् र मेसिनको प्रयोग गरेर बनाउन सकिने बताउँदै उपाध्यक्ष कार्कीले आगामी दिनमा थप मेहनतका साथ नेपाली कालिगढमार्फत ‘सिङगिङ बाउल’ उत्पादन गरि विश्व बजारमा पठाइने दाबी गरे । उनले ८० प्रतिशत उक्त बाउल चीन आयात हुने बताए ।
कार्यक्रममा अधिवक्ता भरतचन्द्र अर्याल, व्यवसायीहरू माधव धिमिरे, मणी लामा, भीमबहादुर परियार, सञ्जय लामा, विपिन अमात्य र सुनिल लामाको विशेष उपस्थिति रहेको थियो । ठमेलमा रहेको करिब ८०० वर्ष पुरानो मानिने अशोक स्तुपासँगै सञ्चालन गरिएको उक्त कार्यक्रमलाई धार्मिकरूपमा पनि लिन सकिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij