Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अपराध

क्षतिको विवरण बुझ्न गएका मन्त्रीमाथि आक्रमण, ६ जना प्रहरी नियन्त्रणमा 

क्षतिको विवरण बुझ्न गएका मन्त्रीमाथि आक्रमण, ६ जना प्रहरी नियन्त्रणमा 


  • 6.2K
    Shares

    क्षतिको विवरण बुझ्न गएका मन्त्रीमाथि आक्रमण, ६ जना प्रहरी नियन्त्रणमा 

    काठमाडौं । बाढीले पुर्याएको क्षतिको विवरण बुझ्न गएका मन्त्रीमाथि आक्रमण भएको छ । 

    कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राईमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

    प्रहरीका अनुसार उदयपुर र भोजपुरको सीमामा बाढीले पुर्याएको क्षतिको विवरण बुझ्न गएका मन्त्री राईमाथि बुधबार राति आक्रमणमा भएको हो । 

    आक्रमण गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगरबाट गएको प्रहरीको विशेष टोलीले ६ जनालाई उदयपुरबाट नियन्त्रणमा लिएको हो । 

    घटनामा नाबालकहरूसमेत संलग्नता रहेको प्रहरीले बताएको छ । घटना अनुसन्धानकै क्रममा रहेकोले उनीहरूको नाम तत्काल सार्वजनिक गर्ने नहुने प्रहरीले बताएको छ । 

    प्रकाशित मिति :आश्विन १७ २०८१ बिहिवार - १२:१७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij