Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

खेलकुद

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज नेपालले क्यानडासँग सामना गर्दै

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज नेपालले क्यानडासँग सामना गर्दै


  • 2.1K
    Shares

    त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज नेपालले क्यानडासँग सामना गर्दै

    काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज क्यानडाको सामना गर्दैछ । क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि सुरू हुनेछ ।

    यस सिरिजमा अहिलेसम्म नेपाल, क्यानडा र ओमानले २–२ खेलमा एक–एक जित र एक एक हार बेहोरेका छन् । नेपाल र क्यानडाबीच अहिलेसम्म केवल २ टी–२० खेल भएको छ । जसमा नेपालले एक र क्यानडाले एक खेल जितेको छ । 

    यस सिरिजमा नेपालले अर्को खेल बुधबार ओमानसँग खेल्ने तालिका छ । क्यानले क्यानडा टूरमा रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । 

    नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी र देव खनाल रहेका छन् । 

    प्रकाशित मिति :आश्विन १५ २०८१ मंगलवार - ०९:४७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij