२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत ओमानविरुद्ध खेल्दै छ । सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित बह्येको नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।
ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि शुरु हुनेछ ।
नेपाल र ओमानबीच अहिलेसम्म कुल ६ टी–२० खेल भएका छन् । जसमा नेपाल र ओमानले ३–३ खेल जितेका छन् ।
यस सिरिजमा नेपालले अर्को खेल मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच खेल्ने छ ।
क्यानले क्यानडा टूरमा रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी र देव खनाललाई रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij