Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एनएमबि बैंकद्वारा पलेशा गोबर्धन र प्रशिक्षक कविराज नेगी लामालाई नगद सम्मान

एनएमबि बैंकद्वारा पलेशा गोबर्धन र प्रशिक्षक कविराज नेगी लामालाई नगद सम्मान


  • 1.3K
    Shares

    एनएमबि बैंकद्वारा पलेशा गोबर्धन र प्रशिक्षक कविराज नेगी लामालाई नगद सम्मान

    काठमाडौँ । एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्ग पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ । 

    उनको अभुतपूर्व उपलब्धिको सम्मानमा, बैंकले गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख १ हजार रुपैयाँ प्रदान गरेको हो ।

    पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका थिए । पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरुप नगद हस्तानतरण गरिएको थियोे ।

    एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रकाशित मिति :आश्विन ९ २०८१ बुधवार - ०९:३१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij