Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कोरोना संक्रमण बढेपछि भारतमा लकडाउन र कर्फ्यू

कोरोना संक्रमण बढेपछि भारतमा लकडाउन र कर्फ्यू


  • 6.8K
    Shares

    कोरोना संक्रमण बढेपछि भारतमा लकडाउन र कर्फ्यू

    काठमाडौँ । कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिएसँगै भारतको महाराष्ट्र राज्यमा लकडाउनसँगै कर्फ्यू पनि लगाइएको छ ।

    संक्रमण तीव्र गतिमा फैलिएपछि आजदेखि त्यहाँ कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको हो ।

    पुणे शहरमा कर्फ्यु लागु गरिसकिएको छ । त्यहाँ एक हप्ताका लागि धार्मिक स्थल, होटल, बार, सपिङ मल र सिनेमा हल बन्द गरिएका छन् । महाराष्ट्रमा स्थानीय समय अनुसार रातको आठ बजेदेखि बिहानको सात बजेसम्म कर्फ्यू लागु हुनेछ।

    पसल, बार अनि रेष्टुराँले ग्राहकले किनेर लैजान दिन सक्ने वा घर-घरमा खाना पुर्‍याउन भने अनुमति दिइएको छ ।

    सरकारी कार्यालयहरूमा ५० प्रतिशत कर्मचारीहरूलाई मात्रै बोलाउन भनिएको छ । सकेसम्म घरबाटै काम गराउन भनिएको छ । यी प्रावधान एप्रिल ३० तारिखसम्म लागु हुने अधिकारीहरूले जनाएका छन् ।

    भारतमा पछिल्लो २४ घण्टामा एक लाख ३ हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन् । यो संख्या गत सेप्टेम्बर महिनायताको सर्वाधिक सङ्ख्या हो। थपिएका नयाँ संक्रमितको आधा भन्दा बढी महाराष्ट्र राज्यका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सङ्क्रमण फैलिनुको कारण पत्ता लगाउनका लागि एउटा विशेषज्ञ टोलीलाई त्यहाँ जान भनेका छन्।

    कोभिड-१९ का कारण भारतमा हालसम्म करिब १ लाख ६५ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्।

    प्रकाशित मिति :चैत्र २३ २०७७ सोमवार - ०९:५३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij