२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा १ हजार ५०० रुपैयाँले बढेर एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुनको मूल्य तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको थियो ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij