Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

छक्का पञ्जा–५ रिलिज नहुँदै हिरो हिरोइनको ‘ब्रेकअप’ (भिडिओसहित) 

छक्का पञ्जा–५ रिलिज नहुँदै हिरो हिरोइनको ‘ब्रेकअप’ (भिडिओसहित) 


  • 2.3K
    Shares

    छक्का पञ्जा–५ रिलिज नहुँदै हिरो हिरोइनको ‘ब्रेकअप’ (भिडिओसहित) 
    images

    काठमाडौं । आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा–५’को दोस्रो गीत ‘ब्रेकअप’ बुधबार सार्वजनिक गरिएको छ ।

    गीतमा बाबुल गिरीको गायन, संगीत र शब्द रचना छ । गीतमा फिल्मका कलाकारहरू दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा सिवाकोटी, मेक्सम गौडेल, सुरवीर पण्डित लगायतलाई प्रस्तुत गरिएको छ ।

    दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्ममा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरी आदिको पनि अभिनय रहेको छ । 

    हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ ।

    ‘छक्का पञ्जा’को अघिल्ला चार सिरिज सुपरहिट भएका थिए । पाँचौं सिरिज भने दुई नेपाली फिल्म ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ सँगै रिलिज हुन लागेको छ । 

    हेर्नुहोस् भिडिओ :

    प्रकाशित मिति :आश्विन ३ २०८१ बिहिवार - ११:०२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij