२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । सुनको मूल्य आज थप आठसय रुपैयाँ घटेको छ। आज सुनको मूल्य प्रतितोला एक लाख ५५ हजार ६ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो पनि सुनको मूल्य घटेको थियो। गएको मंगलबार प्रतितोला ६ सय रुपैयाँले सस्तो भएको सुनको मूल्य हिजो थप तीन सय रुपैयाँ सस्तिएर एक लाख ५६ हजार चार सयमा झरेको थियो।
गएको भदौ अन्तिम दिन (भदौ ३१ गते) सुन १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो।
आज चाँदीको मूल्य पनि घटेको छ। हिजो पनि भाउ घटेर एक हजार ८ सय ९० रुपैयाँमा झरेको चाँदीको मूल्य आज थप १० रुपैयाँ घटेर एक हजार ८ सय ८० रुपैयाँमा झरेको छ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij