Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत


  • 2.5K
    Shares

    मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् ।

    एमाले-कांग्रेसको समर्थन पाएका मुख्यमन्त्री कार्कीको पक्षमा ६६ मत परेको थियो भने विपक्षमा १५ मत परेको थियो । मतबिभाजन प्रक्रियामा २ जना सांसद सहभागी भएका थिएनन् ।  विश्वासको मत लिने प्रस्तावको मतदान प्रक्रिया मा ८३ सांसदले भाग लिएका थिए ।

    माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि फेरी विश्वासको मत लिन लागेका हुन् । माओवादीले यहि भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।

    केन्द्रमा एमाले- कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो । अहिले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा एमाले-कांग्रेसको सरकार रहेको छ ।

    ९३ सदस्यीय कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कांग्रेसका २९ गरि ६९ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद रहेका छन् ।

    प्रकाशित मिति :आश्विन २ २०८१ बुधवार - १५:५८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij