Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मधेस प्रदेश

मधेस विरोधी ओली सरकारविरुद्ध विद्यार्थीहरू सडकमा आन्दोलित

मधेस विरोधी ओली सरकारविरुद्ध विद्यार्थीहरू सडकमा आन्दोलित


  • 1.9K
    Shares

    मधेस विरोधी ओली सरकारविरुद्ध विद्यार्थीहरू सडकमा आन्दोलित

    काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चाले विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै सडक आन्दोलन गरिरहेको छ । मधेसमा विद्यार्थीको अनुपातमा शिक्षक नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

    वीरगंज र गौरमा आम विद्यार्थी मोर्चाले आज प्रदर्शन गरेको छ । आम विद्यार्थी मोर्चाका इन्चार्ज उमेश कुशवाहाको नेतृत्वमा वीरगंजमा र विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साहको नेतृत्वमा गौरमा प्रदर्शन भएको हो ।

    प्रदर्शनमा विद्यार्थी, शिक्षक, अभिभावकका साथै स्थानीयको सहभागिता रहेको छ । विद्यार्थीको अनुपात तहगत र विषयगत शिक्षकको व्यवस्था गर्न सरकारसँग पटक पटक माग गर्दा समेत कुनै सुनुवाइ नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको विद्यार्थी मोर्चाका अध्यक्ष साहले बताएका छन् ।

    मधेसको शिक्षालाई सरकारले योजनाबद्ध तरिकाले तहसनहस गर्न खोजेको आरोप उनले लगाए ।

    ‘हामीले सरकारलाई पटक पटक यसको बारेमा ध्यानाकर्षण गरायौँ । मधेसको शिक्षाको विकासका लागि सरकारले केही गर्न मान्दैन । विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै हामीले सरकारलाई आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि हामी बाध्य भएर आन्दोलनमा उत्रिन बाध्य भएका छौँ’ विद्यार्थी मोर्चाका अध्यक्ष साहले भने ।

    प्रकाशित मिति :आश्विन २ २०८१ बुधवार - १५:४२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij