२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिँदैछन् । उनले आज (बुधबार) दिउँसो १ः०० बजे प्रदेश सभा बैठकबाट उक्त मत लिन लागेका हुन् ।
एमाले–माओवादी सत्तापलट पश्चात् माओवादी सरकारबाट बाहिरिएपछि कार्कीले विश्वासको मत लिन लागेका छन् । माओवादी केन्द्रले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन भदौ १४ मा फिर्ता लिएको थियो ।
माओवादी समर्थनमा गएको वैशाख २७ गते मुख्यमन्त्री नियुक्त एमाले नेता कार्कीले पहिलोपटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए । गएको असार १७ मा केन्द्रमा एमाले र कांग्रेस गठबन्धन बनेपछि कोशीमा साउन ११ मा माओवादीले सरकार छाडेको थियो ।
कोसी प्रदेशसभाका दुई ठूला दलको गठबन्धन भएका कारण मुख्यमन्त्री कार्कीले सहजै विश्वासको मत पाउने अवस्था छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सांसद छन् ।
प्रदेश सभामा बहुमतका लागि ४७ मत भए पुग्छ । सत्ता गठबन्धनसँग ६९ जना सांसद संख्या छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij