Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

असोजमा हिमालयन बैंकको ब्याजदर स्थिर

असोजमा हिमालयन बैंकको ब्याजदर स्थिर


  • 1.4K
    Shares

    असोजमा हिमालयन बैंकको ब्याजदर स्थिर

    काठमाडौँ । हिमालयन बैंकले असोजमा ब्याजदर स्थिर राखेको छ । बैंकले भदौमा प्रदान गरेको ब्याज नै असोजमा निक्षेपकर्तालाई दिनेछ । तर, साधारण बचत खातामा भने ब्याजदर घटाएको छ ।

    बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि भदौमा बैंकले सोही ब्याजदर प्रदान गरेको थियो । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३.१० प्रतिशतदेखि ४.८५० प्रतिशत ब्याजदर तोकेको छ ।

    बैंकको आधार दर ८.८६ प्रतिशत रहेको छ । बैंकले ७ वर्ष अवधिका लागि १० प्रतिशत ब्याजदरमा घर कर्जा प्रदान गर्नेछ । यस्तै, हायर पर्चेज, सुविधा लोन, शैक्षिक कर्जा १०.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

    प्रकाशित मिति :आश्विन १ २०८१ मंगलवार - ०९:०३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij