२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमत कार्कीको नेतृत्वमा १० सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । कांग्रेस सरकारमा सहभागी भएसँगै मन्त्रिमण्डल पुनर्गठन भएको हो ।
आज (शुक्रबार) बिहान कांग्रेस चार मन्त्रीसहित सरकारमा सहभागी भएसँगै १० सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् गठन गरिएको कोशी प्रदेश प्रमुखको कार्यालय विराटनगरले बताएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रीमा भूपेन्द्र राई, सामाजिक विकास मन्त्रीमा पाँचकर्ण राई, खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालयमा एकराज कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा लिलाबल्लव अधिकारी, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा खगेनसिंह हाडगाम, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सदानन्द मण्डल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहने गरी सिर्जना राई र भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत रहने गरी भूमिप्रसाद राजवंशीलाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
मुख्यमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् तीन पटक पुनर्गठन भएको छ । पहिलो पटक बैशाख २७, दोस्रो पटक जेठ ४ र तेस्रो पटक भदौ २८ गरी तीन पटक पुनर्गठन भएको हो । यो बीचमा हुनसक्ने आकलन गरिएको छ । किनकि मुख्यमन्त्री स्वयंले स्वास्थ्य मन्त्रालय आफ्नै साथमा राखेका छन् ।
हेर्नुहोस् सूची :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij